top of page

कोरियाली कम्पनी कारखाना बनाउँदै


भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियाली कम्पनी ‘एसवाई प्यानल’ ले चितवन रत्नगरमा कारखाना बनाउन थालेको छ । यसले स्यान्डविच प्यानल, छाना, स्टिल ढोका, यूपीभीसी झ्याललगायत सामग्री उत्पादन गर्नेछ ।

कम्पनीका अध्यक्ष होङ योङ दोनका अनुसार कोरियामा उक्त प्यानल प्रयोग गरी ५० तल्लेसम्म भवन बनाउन सकिन्छ । धातु प्रयोग गरी बनाइने हुँदा यो हल्का र भूकम्प प्रतिरोधी हुन्छ । चितवनमा बिहीबार शिलान्यास गरिएको कारखानाले करिब ४ महिनामा उत्पान सुरु गर्ने नेपाल कार्यालयका प्रशासन प्रमुख देवेन्द्र सम्बाहाम्फेले जानकारी दिए । करिब ६५ करोड रुपैयाँ लगानी रहने कम्पनीमा पूर्वराजदूत दुगेशमान सिंहलगायत नेपाली साझेदार छन् । शिलान्यास कार्यक्रममा अध्यक्ष होङले चितवनमा कम्पनीले शिक्षा, स्वास्थ्य र परोपकारका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

काठमाडौं महाराजगन्जमा बनाइएको उक्त कम्पनीको नमुना घर अघिल्लो दिन उद्योगमन्त्री सुनीलबहादुर थापाले उद्घाटन गरेका थिए । त्यस अवसरमा उनले वैदेशिक लगानीलाई सहज बनाउन आफूले विधेयक अघि बढाएको अवगत गराए ।

You Might Also Like:

bottom of page