top of page

पुरा पढ्नुस् मज्जाले हसाउँछ ।


मुन्द्रेको परिक्षा आएछ ... परिक्षाको अघिल्लो दिन गेस पेपर किनेर ल्याएर घोकेर पानी पारेछ । उपिया को बारेमा पनि सबै कन्ठ पारेछ ।

उपिया फोहोर ठाउमा हुन्छ , यस्ले थुप्रै जनावर लाई हैरान पार्छ , उपिया सानो हुन्छ फुत्त-फुत्त उफ्रिन्छ , यो पर्यो भने चिलाउछ , चौपाए दुब्लाउदै जान्छन , उपिया मार्ने औषधी निशुल्क पाईन्छ , उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन......भन्दै सबै घोक्यो र मख्ख पर्दै सुत्यो अर्को दिन परिक्षा दिन गयो...

प्रश्न एउटा यस्तो थियो -

बिरालो को बारेमा लेख्नुहोस ।

मुन्द्रेले बिरालो घर पालुवा जिब हो । यस्ले दुध पिउछ , मुसा मार्छ लेखेछ अरु त पढेको थिएन सबै उपिया को पढेको थियो । अब के गरौ भनेर सोचेछ र लेखेछ । यदी बिरालो फोहोर भयो भने बिरालो लाई उपिया पर्छ , उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ । उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन । उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ , यो पर्यो भने चिलाउछ , चौपाए दुब्लाउदै जान्छन , उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो । ...

उत्तर जाँच्ने लाई पो आपत पर्यो - उतर पनि ठिकै हो तर के नमिले नमिले जस्तो मुन्द्रेको अर्को परिक्षा लिनु पर्छ भनेर पुन्ह: परिक्षा लिएछन् -

प्रश्न एस्तो थियो - गाई को बारेमा लेख्नुहोस्

मुन्द्रेले त गाइको बारे पढेकै थिएन । तेसैले लेखेछ गाई बाधेर राखिन्छ । दिसा पिसाब गरेकै ठाउँमा बस्नेहुँदा फोहोर हुन्छ । यदी फोहोर भयो भने गाई लाई उपिया पर्छ , उपिया फोहोर ठाउमा हुन्छ, यस्ले थुप्रै जनावर लाई हैरान पार्छ , उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन । उपिया सानो हुन्छ फुत्त-फुत्त उफ्रिन्छ यो पर्यो भने चिलाउछ ,चौपाए दुब्लाउदै जान्छन । उपियामार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो... उत्तर ठिकै हो तर सबै उपियाको बारेमा छ । अब यस्लाई उपिया नपर्ने जनवर को नाम दिउ र अझ एक पटक परिक्षा लिउ भनेर परिक्षा लिएछन ।

प्रश्न यस्तो थियो -

माछा को बारेमा लेख्नुहोस् सोच्नुहोस् अब के लेखेको होला मुन्द्रेले ????

उस्ले लेख्यो -

माछा पानीमा बस्छ। सधैं नुहाउने हुँदा उपिया पर्दैन तर यदी माछा पानीको सट्टा जमिनमा बसेको भए माछा पनि फोहोर हुन्थ्यो होला । यदी माछा फोहोर भयो भने उस्लाई पनि उपिया पर्छ । उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ । उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन । उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ , यो पर्यो भने चिलाउछ , चौपाए दुब्लाउदै जान्छन । उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो...

उत्तर देखेर शिक्षक त बेहोस ...!!!

You Might Also Like:

bottom of page